सुनको मूल्य आज घट्यो


 


काठमाडौं, वैशाख १३ । नेपाली बजारमा (बिहीबार) सुनको मूल्य घटेको छ ।

हिजो अघिल्लो दिनको तुलनामा चार सय रुपैयाँले बढेको सुनको मूल्य आज दुई सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्