रेड नोटिस जारी भएका फरार अभियुक्ति युएईबाट पक्राउ


 


काठमाडौं, वैशाख १३ । वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बाँके
खजुरा गाउँपालिका–२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन् ।

एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गराउनका लागि बुधबार नेपाल फिर्ता ल्याइएको छ । 

वैदेशिक रोजगार कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि बैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा ताहाचल काठमाडौंबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्