मुसलले हानेर सौतेनी आमाको हत्या


 


जुम्ला, वैशाख १६ । पातारासि गाउँपालिका–३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पक्राउ परेकी छन् ।

प्रहरीले पातारासि गाउँपालिका–१ गडिगाउँ घर भई माईतिघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्