इलाममा काँग्रेस उम्मेदवार पछि पर्दै, कसको कति मत ?


 


काठमाडौँ, वैशाख १७ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार फराकिलो मतान्तरले पछि परेका छन् ।

शीर्ष स्थानमा रहेको एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर तीब्र रुपमा बढाउँदै जाँदा कांग्रेस उम्मेदवार डम्बर खड्का फराकिलो मतान्तरले पछाडि परेका हुन् ।

नेम्वाङ भने ११ हजार ७८ मत प्राप्द गर्दा खड्काले ७ हजार ९०१ मत पाएका छन् ।

खड्कालाई पहिचानवादीको साथ पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले पछ्याइहेका छन् ।

पछिल्लो मत परिणामअनुसार डकेन्द्रले ६ हजार ९०१ मत प्राप्त गरेका छन् । रास्वपाका मिलन लिम्बुले १५१२ मत पाएका छन् ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्