मन्त्रिपरिषद् बैठक बस्दै


 


काठमाडौं, वैशाख २० । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दैछ ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ का लागि बोलाइएको छ ।

बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ ।

गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न आँटेको हो । अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी सरकारले गरेको छ ।

जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले त्यसको तयारीका लागि बजेट अधिकार बोलाउने तयारी गरेको हो ।

प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्