पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान


 


काठमाडौँ, वैशाख २० । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुनः नियमित उडान भएको छ ।

बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द रहेको उडान आज भिजिबिलिटी पुगेकाले नियमित भएको हो । विगत चार दिनदेखि उडान बन्द भएको थियो ।

मौसममा सुधार आएसँगै बिहीबार बिहानैदेखि नियमित उडान भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए ।

पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ ।

प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्