घुससहित नासु पक्राउ



काठमाडौं, पुस २३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन जिल्ला अदालत, ललितपुरका नासु श्याम अर्याललाई घुस रकम लिंदै गर्दा पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगका प्रतिवादीलाई अदालतबाट सफाइ पाएपछि अन्य मुद्दामा फसाइदिने भन्दै विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवम उजुरीका आधारमा आयोगको कार्यालयबाट खटिएको टोलीले तीन लाख घुससहित अर्याललाई शुक्रबार पक्राउ गरेको हो ।

सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको पहिलो तलामा रहेको बाजेको सेकुवा पसलबाट अर्याललाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News