माधव लक्षित झलनाथको टिप्पणी– निर्णयविपरित बोल्दै हिँड्नु हुँदैन


 


काठमाडौँ, वैशाख २३ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा सत्ता समीकरणका विषयमा पार्टीले गरेको संस्थागत निर्णयमा कुनै परिवर्तन नहुने बताएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटघाटपछि बोल्दै उनले बामपन्थी गठबन्धन बनाउने विषयमा पार्टीले गरेको संस्थागत निर्णयमा कुनै परिवर्तन नहुने बताए ।

उनले पार्टी अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै पार्टीको निर्णयविपरीत कुनै व्यक्ति विशेषले बाहिर बोल्नुभन्दा पनि आन्तरिक बैठकमा नै छलफल गर्नुपर्ने धारणा राखे ।

‘वामपन्थी गठबन्धन बनाएर जाने भनेर नै एकीकृत समाजवादीले संस्थागत निर्णय गरेको हो,’ उनले भने, ‘यो सिलसिलामा कुनै व्यक्ति विशेषलाई केही कुरा मन लागेको छैन । चित्त बुझेको छैन भने त्यो पार्टीभित्रै छलफल गर्ने विषय हो । बाहिर भन्दै हिँड्ने विषय होइन ।’

भेटवार्तामा गठबन्धनमा कुनै समस्या नभएकोमा प्रधानमन्त्री प्रचण्ड पनि निश्चिन्त भएको उनले बताए ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्