कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु


 


काठमाडौं, वैशाख २३ । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नम्बरको बस आइतबार दिउँसो साढे दुई बजे दुर्घटनामा परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

केही घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्