नेपालीको औसत आयु बढ्यो, पुरुषभन्दा महिलाको धेरै


 


काठमाडौँ, वैशाख २३ । नेपालीहरुको औसत आयु बढेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचक अनुसार अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको हो ।

त्यसमध्ये पनि पुरुषको औसत आयु ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । यसको अर्थ पुरुष र महिलाको मृत्युको दुरी बढ्दै गएको छ ।

सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन् भने सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, बागमती प्रदेशमा ७२.४ रहेको छ ।

कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ । सबैभन्दा कम महिलाहरूको औसत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष छ ।

हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्याङ्कले देखाएको छ । तर २०३८ सालमा भने पुरुषको औसत आयु बढी थियो ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्