जसपा नेपाल फुट्यो, अशोक राई नयाँ पार्टी बनाउँदै

काठमाडौँ, वैशाख २३ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ ।
अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका बेला यहाँ पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टी विभाजन गरेका हुन् ।
राईले आफ्नो नेतृत्वमा नयाँ दल गठन गर्दै आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन् । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।
विभाजनको पक्षमा ८ जना सांसद रहेको दाबी गरिएको छ ।
प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार