पाँच लाख मूल्यका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ


 


धनगढी, वैशाख २३ । कैलालीमा पाँच लाख रुपैयाँ बराबरका मोबाइल र पार्टपूर्जासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट ५ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामानसहित एक व्यक्ति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आइतबार कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले उक्त सामानसहित भारतको लखिमपुर खिरी बस्ने २३ वर्षीय आयुष गुप्तालाई पक्राउ गरेको हो ।

सामसङ कम्पनीका ५८ वटा मोबाइल, नोकिया कम्पनीका ५२ मोबाइल, २६ प्याकेट ग्लास, चार्जर, ३७९ डिस्प्ले, २८० वटा सिमकार्ड ट्रे लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

अवैध सामानसहित पक्राउ परेका गुप्तालाई नियन्त्तणमा लिँदै बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्