अशोक राईको पक्षमा ७ सांसद, आयोगमा निवेदन दर्ता


 


काठमाडौँ, वैशाख २३ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ ।

अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दलका लागि निवेदन दर्ता गराइएको छ ।

निर्वाचन आयोगमा दिइएको निदेदनअनुसार नयाँ पार्टीका लागि सात जनाले हस्ताक्षर गरेका छन् ।

राईको पक्षमा राईसहित नवलकिशोर साह, प्रदीप यादव, रञ्जु कुमारी झा, विरेन्द्र महतो, सुशिला श्रेष्ठ र हसिना खान छन् । उनको पक्षमा भनिएका अर्का सांसद दीपक कार्कीको नाम निवेदनमा भए पनि हस्ताक्षर भएको छैन ।

अब उपेन्द्र यादवको साथमा उनीसहित प्रकाश अधिकारी, राजकिशोर यादव र रेखा यादव गरेर चार जना मात्रै रहेका छन् ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्