लक्ष्मी सनराइज बैङ्कको विराटनगरमा सेवा विस्तार


 



विराटनगर ६ जेठ । लक्ष्मी सनराइज बैङ्कले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं. ७ स्थित हनुमान दास रोडमा रहेका दुईवटा शाखा मध्ये एउटा पुष्पलाल चोकमा स्थानान्तरण गरिएको छ ।
स्थानान्तरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैङ्कले जनाएको छ ।
स्थानान्तरण भएसँगै लक्ष्मी सन्नराइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

हाल लक्ष्मी सनराइज बैङकको सञ्जालमा ५९ जिल्लामा २ सय ५६ शाखा, ३ सय १९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १ सय ३० शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्