कांग्रेसले जलायो कोशीका प्रदेश प्रमुख खापुङको पुत्ला


 



विराटनगर, २७ वैशाख । नेपाली कांग्रेसले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको पुत्ला जलाएको छ ।

असंवैधानिक रुपमा नयाँ सरकार आह्वान गरेको भन्दै बिहीबार साँझ कांग्रेस विराटनगर महानगर समितिले खापुङको पुत्ला जलाएको हो ।

कांग्रेस महानगर कमिटीका सभापति दिपक चापागाइँले प्रदेश प्रमुखले मध्यरातमा सरकार गठनका लागि पत्र पठाउनु गलत अभ्यास भएकोले विरोध प्रदर्शन गरेको बताए ।

बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् भने हिक्मत कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट हालेका छन् ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्