आजको मौसम : यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना


 


काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्