ट्रक दुर्घटना, ३६ जना घाईते



डडेल्धुरा, पुस २४

डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्कनजिक नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ३६ जना सैनिक घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हगुल्टे लेकमा परेको हिमपातले अवरुद्ध भएको बाटो खुलाएर फर्कने क्रममा डडेल्धुरास्थित गरुड दल गणको नेपाली सेनाको लु १ क २९४ नम्वरको ट्रक चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करीब २५ फीट तल भीरमा खसेको हो । घाईतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News