राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी


 


काठमाडौं, असार ८jursey

 नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाली टोलीको विदाइ कार्यक्रमबीच मंगलबार जर्सी सार्वजनिक गरिएको हो।

 होटल क्राउन प्लाजामा आयोजित कार्यक्रमबीच नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नयाँ जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सीमा प्रायोजक नेपाल टेलिकमको लोगो प्रिन्ट गरिएको छ।

यसघि रातो रहेको जर्सीको बाउला नयाँ जर्सीमा सुन्तला रंगको बनाइएको छ। जर्सीको अग्रभाग निलो रंग छ भने बायाँपट्टि नेपालको राष्ट्रिय झन्डासँगै क्यानको लोगो प्रिन्ट गरिएको छ।

राष्ट्रिय क्रिकेट टोली आज मंगलबार राति वर्ल्ड टि-२० क्वालिफार्यर्सको तयारीका लागि वेलायततर्फ प्रस्थान गर्दैछ।

nagariknews

प्रकाशित मिति: ८ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्