एसिया कप छनोट: सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य


 


काठमाडौं, भदौ १७
मलेसियाको युकेएम ओभल मैदानमा जारी एशिया कप छनोट अन्तर्गत सिंगापुरले नेपाललाई एक सय ५२ रनको लक्ष्य दिएकोछ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५१ रन बनायो । सिंगापुरमाथि नेपाली बलर हाबी भएपछि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

पहिलो ओभरमा नै सोमपाल कामीले विकेट लिदा सिंगापुरले खाता खोलेको थिएन ।

१८ रन बनाउदा तीन विकेट गुमाएको सिंगापुरका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेजारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।

उसका कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो । बलिङतर्फ ललित राजवंशी र सन्दिप लामिछाने तीन तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्