६ वर्षीय बालकको अपहरणपछि हत्या



काठमाण्डौँ , असोज २८

बाराको सिम्रौनगढ–३ मा ६ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । स्थानीय धनेश्वर यादवका छोरा दीपकको अपहरणपछि हत्या भएको हो । अपहरणकारीले फिरौती वापत १० लाख रुपैयाँ माग गरेका थिए । तर, फिरौती रकम नपारएपछि हत्या गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सुरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठा छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News