दशैं लगत्तै प्रदेश नं. १ का सवै वडासम्म एकीकरण : नेता आचार्य


 


सुनसरी, असोज २८

नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज भीम आचार्यले दशैं लगत्तै प्रदेश नं १ का सवै वडा तहसम्म नेकपाको कमिटी एकीकरण हुने बताउनु भएको छ ।

आज सुनसरीको इनरुवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता आचार्यले दशंै लगतै प्रदेश तह देखि वार्ड तह सम्मका सवै पार्टी कमिटीहरु एकीकरण हुने बताउनु भएको हो । हाल पार्टी एकता पछि तल्लो तहमा पार्टीको कमिटी एकीकृत नहुँदा पार्टीका कामलाई जनताबीचमा लैजान समस्या देखिएकाले समेत स्थानीय कमिटीहरु छिट्टै समायोजन हुन जरुरी रहेको आचार्यको भनाई थियो ।

प्रकाशित मिति: २८ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्