त्रिशुलीमा बस खस्यो, चारजना घाइते


 


चितवन, असोज २९

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित त्रिशुली नदीमा बस खस्दा चारजना घाइते भएका छन् ।गएराति १२ः४५ बजे लमजुङबाट काठमाडौ जाँदै गरेको ना५ख ३७०५ नम्बरको बस त्रिशुली नदीमा खसेको हो ।

बसका चालक तनहुँको भानु नगरपालिका–१ बस्ने वर्ष ४५र५० का शम्भुबहादुर गुरुङ गम्भीर घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

उनको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य तीनजना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ । बसमा चारजना मात्रै सवार थिए ।

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्