श्रीपेच सर्वसाधारणका लागि अवलोकन गर्न खुला


 


काठमाण्डौँ, असोज २९

नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ ।

नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको आज यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीकका रुपमा रहेको श्रीपेच सर्वसाधारणका लागि प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

एक व्यक्तिको स्वार्थ र अहङ्कारको मारमा जनता पर्नुपर्ने शासनको अन्त्यका लागि लखन थापा, योगमाया, कृष्णलाल अधिकारी, महाकवि देवकोटा, बालकृष्ण सम, कृष्णप्रसाद कोइराला, मनमोहन अधिकारी, बिपी कोइराला, मातृकाप्रसाद कोइराला, रामनाथ दाहाल, ९६ सालका शहीद सबैले लडेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ४८ वर्ष अगाडि आफैँले पनि यसका लागि एक आन्दोलनको अगुवाइ गरेको बताउनुभयो । रासस

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्