बलात्कारका आराेपी बम्जनकाे आश्रममा प्रहरी छापा, प्रचण्डसँगकाे गुहारले काम गरेन


 


काठमाडौँ । तपस्वीका रुपमा चर्चामा आएका बलात्कार र अपहरणका आराेपी रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको प्रहरीले जनाएको छ । बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीले अनुमति दिएको थियो ।

बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चामा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र आएको थियो । एक किशाेरीले अाफूलाई पटक पटक बलात्कार गरेकाे भन्दै पत्रकार सम्मेलन समेत गरेकी थिइन । बम्जनका कर्तुत बाहिर अाउन थालेपछि उनका अाफन्तले नेकपा अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीबाट जाेगाउन अाग्रह गरेका थिए ।

प्रकाशित मिति: २० पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्