प्रहरीलाई पनि प्रविधियुक्त बनाउनुपर्छ : आइजीपी खनाल



रौतहट : प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले सूचना प्रविधिको अभावमा अपराध नियन्त्रण गर्न प्रहरीलाई गाह्रो भएको बताएका छन् । आज रौतहटको गौरमा सीसी क्यामेराको उद्घाटन गर्दै महानिरीक्षक खनालले अनुसन्धान गर्ने, शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्न प्रविधिको अभावमा कठिन भएको बताएका हुन् ।

अपराधीले प्रविधिको प्रयोग गरेर टाढैबाट विभिन्न किसिमको घटना गराउने गरेकाले प्रहरीलाई पनि प्रविधियुक्त बनाउनुपर्ने महानिरीक्षक खनालले बताए । प्रहरीले समुदायसँग मिलेर शान्ति सुव्यवस्था कायम गर्न अघि बढिरहेको भन्दै उनले प्रहरीको आचरण विपरीत कार्य गर्नेहरु प्रहरी संगठनमा अट्न नसक्ने बताए ।

केही प्रहरी कर्मचारीको बदमासीका कारण सिङ्गो प्रहरी संगठनलाई बदनाम हुन नदिन त्यस्ता खराब कर्मचारीलाई हटाउने कार्य पनि भएको उनले बताए । नराम्रो गर्नेहरु प्रहरीमै नरहने भन्दै महानिरीक्षक खनालले नागरिकको जीउधन र सुरक्षाका लागि खटने प्रहरी नराम्रो हुन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News