आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काबिरुद्ध भष्ट्राचार मुद्धा दायर


 


काठमाण्डौँ, पुस २३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । खड्काले नेपाल आयल निगमको कार्यकारी निर्देशक हुँदा र त्यसअघि सरकारी सेवामा रहँदा आफ्नो वैध आय भन्दा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ बढी आर्जन गरेको अख्तियारको भनाइ छ ।

प्रकाशित मिति: २३ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्