गुनासो सुन्ने कल सेन्टरमा ऋण माग्नेको फोन


 


काठमाडौं : कामदारको गुनासो सुन्न वैदेशिक रोजगार विभागको वुद्धनगरमा स्थापित कल सेन्टरमा वैदेशिक रोजगार पवद्र्धन बोर्डले प्रदान गर्ने ऋणको जानकारी लिनेहरुको फोन बढी आउने गरेको छ ।

तत्कालीन श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारका क्रममा स्वदेश तथा विदेशमा अलपत्र पर्नेहरुलाई उद्धारका लागि स्थापना गरेको उक्त कल सेन्टरमा पछिल्ला दिनमा ऋण माग्नेहरुको फोन आउने क्रम बढेको विभााग स्रोतले जनाएको छ ।

कल सेन्टरमा आउने फोनमध्ये अधिकांश ऋण माग्नेकै हुने गरेको बताइन्छ । बोर्डले गत पुस ११ गतेसम्म ऋणका लागि आवेदन गर्न वैदेशिक रोजगारबाट फर्केका कामदारहरुलाई दिएको समय बढाएर पुस मसान्तसम्म पु¥याएपछि फोन आउने क्रम अझ बढेको विभागले जनाएको छ ।

त्यसैगरी उक्त कल सेन्टरमा फोन गर्ने अन्यले इजरायल र जापानको रोजगारीका विषय बुझ्ने गरेका छन् । तर, जवाफ दिने कोही पनि नहुँदा सुरक्षा गार्डले टेलिफोन गर्नेहरुको जिज्ञासा मेटाउँदै आएका छन् ।

प्रकाशित मिति: २४ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्