त्रिविको उत्तरपुस्तिका हराएकोबारे छानबिन समितिले दियो रिपोर्ट


 


काठमाडौं । उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले गठन गरेको उच्चस्तरीय समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहितका कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ ।

समितिले उपकुलपति प्राडा केदारप्रसाद रिजाललाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न विश्वविद्यालयले पूर्वरजिस्ट्रारसमेत रहेका प्राडा चन्स्मणि पौडेलको संयोजकत्वमा गत चैत १५ गते तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिले परीक्षा नियन्त्रक जोशीसहित परीक्षासँग सम्बन्धित २० जना कर्मचारीसँग बयान लिएको थियो ।

समितिका संयोजक पौडेलका अनुसार १३० पृष्ठको प्रतिवेदन बुझाइएको छ । उनका अनुसार परीक्षा सञ्चालनका क्रममा हदैसम्मको लापर्बाही भएको देखिएको छ । गोरखापत्रबाट

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्