आगलागीबाट दमकमा एक घरमा क्षति


 


दमक, पुस २६

आगोलागीबाट आज विहान झापा, दमकमा एक घर जलेको छ । स्थानीय हरि प्रसाद निरौलाको घरमा कोही नभएको अवस्थामा विहान ६ वजेतिर अचानक आगोलागी हुदाँ घरका सम्पूर्ण सरसमान जलेर नष्ट भएको छ । क्षतिको विवरण आइनसकेको वडाध्यक्ष प्रजापति सापकोटाले बताए ।

निरौलाको घरमा रहेको अन्नपात, गरगहना,लत्ताकपडा,नगदसहितका सम्पूर्ण समानहरु जलेको थियो भने घरसंगैको गोठमा रहेका बाख्रा पाठा,बाछो ,गाईलाई समेत क्षति पुगेको थियो । दुध पुरयाँउन घर बाहिर गएका बखत आगोलागी भएको पीडित निरौलाले वताए । घरमा श्रीमति गरि दुई जनमात्र वस्दैआएका र श्रीमतीसमेत थिईनन् ।

गाईबस्तुको खोले पकाउदाँ अचानक आगो निस्किएको हुन सक्ने स्थानीयको अनुमान छ । आगोलागीपछि दमकको वारुणयन्त्रलाई वोलाउदाँ समेत घटनाको एक घण्टा ढिलो गरेर आएको थियो । वारुणयन्त्र घटनास्थल पुग्न करिव ३ किलोमिटर दुरीमा पर्छ । बारुणयन्त्र समयमा नै नआउदाँ ठुलो क्षति भएको स्थानीय पवन निरौलाले वताए ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्