पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुमकामना


 


काठमाडौं, पुस २७

महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुमकामना सन्देश दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा विश्व मानचित्रमा अंकित रहेको भन्दै हाम्रा पुर्खाको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शीर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको बताउनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा देश एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न नसकिने र स्वतन्त्र राष्ट्रका रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि सम्भव नभएको बताउनुभएको छ । नेपाल एकीकरण अभियानका सूत्रधार र नेतृत्वकर्ता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण उपायहरू सुझाएको उहाँले स्मरण गर्नुभएको छ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को सामयिक संकल्प पूरा गर्न पृथ्वीनारायण शाहको भनाइ प्रेरणादायी हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश दिँदै राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको भन्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ । उहाँले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्