अमेरिकालाई नेकपाको चुनौतीः तिम्रो अन्याय स्वीकार्न सक्दैनौं


 


काठमाडौ , २० माघ– अमेरिकालाई साम्राज्यवादी भनी जारी गरिएको विज्ञप्तिमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्याइएको टिप्पणी भएपछि उनले शुक्रबार निजी सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै यसको खण्डन गरे ।

पहिले वक्तव्य नै आफ्नो आधिारिक धारणा भएको र त्यसमा कसैले नफसाएको स्पष्ट पारे । किनभने भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेकै थियो र त्यसमा हामी बोल्नैपथ्र्यो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘यसरी बोलेको कुरामाथि शंका उब्जेपछि त्यसलाई प्रष्ट पार्ने दायित्व अध्यक्षज्यूले पूरा गर्नु भएको हो । हाम्रो सम्बन्ध अमेरिकासँग राम्रो हुनुपर्छ तर उसको अन्यायलाई सहने मूल्यमा होइन ।’ कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्