धुर्मुसले लेखे : मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिल्यो



काठमाडौँ, माघ २९

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन मलेसिया पुगेका सिताराम कट्टेल धुर्मुसले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् ।

मलेसियाका नेपालीले सहयोग नगरेको समाचारहरु आइरहेका बेला धुर्मुसले मलेसियाबाट सोचेभन्दा पनि राम्रो साथ, सहयोग र सदभाव पाएको बताएका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै धुर्मुसले भनेका छन्, ‘रंगशालाकै अभियानलाई लिएर फेरि केहि समयपछि मलेसिया आउने निम्तो पाएका छौं । यसले हामीलाई थप हौसला मिलेको छ । यस पटकको यात्रामा प्राप्त सहयोग हामी नेपाल पुगे पश्चात् जानकारी गराउने छौं। केही भ्रामक समाचार हरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहन्छु।’

करिब तीन अर्बको लागत अनुमान गरिएको रंगशाला चितवनमा बन्नेछ। त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News