सीके राउतले ओली समक्ष आत्मसर्मपर्ण गरेका हुनः राज किशोर यादव


 


काठमाडौं फागुन २५
राजपाका नेता राजकिशोर यादवले सीके राउत र वर्तमान कम्युनिस्ट सरकारको चरित्र उदाङ्गो भएको बताए । ‘सीके राउत र केपी ओली संघीयतालाई असफल बनाउन हिँडेका व्यक्ति हुन्’, उनले भने, ‘ओली समक्ष सीके राउतले आत्मसर्मपर्ण गरेका छन् । कहाँबाट परिचालित थियो भन्ने कुरा प्रष्ट देखिएको छ ।’

सीके राउतले जहिले पनि संघीयतालाई बद्नाम गर्न खोजेको आरोप यादवले लगाए । उनले भने, ‘केपी ओली र सीके राउतको धार एउटै हो । जनमत संग्रहको कुरा गरेर सीके राउतले भ्रम फिजाइ रहेको छ । सरकार सीके राउतसँग सहमति गरेर आफ्नो चरित्र देखाएको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्