अमेरिकाद्वारा व्यापार वार्ताका लागि प्रतिनिधिमण्डल चीन पठाउने योजना स्थगित


 


अमेरिका फागुन २५
अमेरिकाले व्यापार वार्ताका लागि प्रतिनिधिमण्डल चीन पठाउने योजना स्थगित गरेको छ । नयाँ सहमतिका लागि अध्ययन गर्न बाँकी नै रहेको भन्दै अमेरिकाले वार्ता टोली चीन पठाउने योजना स्थगित गरेको हो ।

यसअघि चीनसँगको व्यापार युद्ध अन्त्यको सहमतिका लागि बेइजिङमा वार्ता गर्ने सहमति दुई देशविच भएको थियो । चिनसँगको सम्वाद भने निरन्तर रहने ह्वाईट हाउसका व्यापार सल्लाहकार क्लेट विलेम्सले बताएका छन् ।

व्यापार युद्ध अन्त्यको प्रयास सकारात्मक मोडमा पुगेको उनको भनाइ छ । पछिल्लो समय सम्वन्ध सुधारका लागि दुबै देशले पहल गरिरहेका छन् ।

वार्ता सकारात्मक रुपमा अघि बढेपछि केही समयअघि अमेरिकाले मार्चदेखि लागू गर्ने भनेको नयाँ कर लगाउने योजना स्थगित गरेको थियो ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्