घरघरमा स्वास्थ्य सेवा पु¥याउन सरकार अग्रसर


 


बाँके । उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई हरेक नेपालीको घरघरमा पु¥याउने कार्यमा सरकार अग्रसर भएकोे बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री यादवले स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहोस् भन्ने उद्देश्यले हरेक वडामा स्वास्थ्य केन्द्र तथा हरेक गाउँपालिकामा अस्पताल निर्माण प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

“संविधानमा मौलिक हकको दर्जा पाएको स्वास्थ्य सेवालाई हरेक नेपालीको घर–घरमा पु¥याउने कार्यमा सरकार लागेको छ । स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुनुपर्दैन ।”,सङ्घीय समाजवादी फोरमका अध्यक्ष समेत रहनुभएका स्वास्थ्यम मन्त्री यादवले भन्नुभयो, “अब हरेक वडामा स्वास्थ्य केन्द्र र गाउँपालिकामा अस्पताल सञ्चालन गरिनेछ ।”

यसैवर्ष देशभरमा एक हजार २०० अस्पताल निर्माण भइरहेको उल्लेख गर्दै उहाँले बाँकेमा पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रुपमा भेरी अस्पताललाई ५०० शै्याको अस्पताल बनाउने प्रक्रिया अगाडि बढिसकेको दाबी गर्नुभयो । उहाँले मुलुक सङ्घीय संरचनामा गएकै कारण अहिले जनताको घरघरमा विकास पुग्न थालेको बताउँदै २० औँै वर्षपछि जनताले विकास निर्माणको अनुभूति गर्न पाएको प्रष्ट्याउनुभयो ।

प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्