उर्लावारी नगरपालिकाका पशुपन्छी शाखाका हाकिम कार्यालय समयमै मस्त निदाएपछि


 


उर्लाबारी बैशाख ८
मोरङको उर्लाबारी नगरपालिकास्थित पशुपन्छि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको पाइएको छ । आज दिउसो २ः३० बजे रिपोर्टिङको क्रममा त्यहा पुग्दा उनी निदाईरहेका थिए ।

निक्कै बेरसम्म सञ्चारकर्मीले हेरिरहदा पनि उनी नउठे पछि तस्बिर खिचिइएको थियो । उनले तस्बिर खिचेको भेउसम्म पाएनन् । सरकारी तलब खाएर जनताको सेवामा खटिने प्रमुख यसरी निदाए पछि कार्यलयको स्थिती के होला रु कार्यालय समयमा यसरी कुर्सीमा सुत्न मिल्छ भनेर प्रश्न गर्दा उनले कामको चापले ‘भुसुक्कै निदाए छुु भन्ने जवाफ दिए ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्