२ जना कर्मचारीलाई आफ्नै तलब दिन्छु


 


दिल कुमार गिरी (वडाध्यक्ष) धरान उपमहानगरपालिका वडा नम्बर १६
दिलकुमार गिरी धरान उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हुन् । उनी अहिले उमेरले ४९ वर्ष पुगेका छन् । पढाइलाई उमेरले छेक्दैन भने झै उनी पनि यो उमेरमा आएर पढ्न थालेका छन् । वि.सं. २०४३ सालमा पब्लिक स्कुल धरान–१२ बाट एसएलसीको टेष्ट परीक्षा उतीर्ण गरेर घरायासी आर्थिक अवस्था र जिम्मेवारीले पढाइलाई निरन्तरता दिन नसकेका गिरीले पढाई छाडेको ३३ वर्षपछि पुनः निरन्तरता दिएका छन् । अर्थात् वडाध्यक्ष गिरी प्राइभेट एसईईको तयारीमा जुटेका छन् । ३ छोरी र १ छोराका धनी उनले तीनै छोराछोरीको हौसला र प्रेरणाबाट यो वर्ष एसईई दिएर पढाइलाई निरन्तरता दिने बताउँछन् । हरेक साँझ ६ बजेदेखि ८ बजेसम्म उनको मोबाइल उठ्दैन । किनकी उनी दिनको २ घण्टा चाहि शिक्षकसँग पढ्छन् । उनी जस्तै १० जनाको समूह छ । तीनै समुहसँग मिलेर घरैमा एसईई परीक्षाको लागि तयारी गरिरहेका छन् ।

किन एसएलसी दिन पाएनन् ?
उनी सहजै भन्छन्, ‘मलाई आर्थिक र घरायासी बोझले टेष्ट परीक्षा दिएर पनि थप एसएलसी दिन सकिन । आर्थिक स्थिति कमजोर भएकोले घरको जिम्मेवारी मेरो काँधमा आयो । टेष्ट परीक्षा त उत्तीर्ण गरे तर बिडम्बना एसएलसी दिन सकिन । मैले पब्लिक स्कुल धरान १२ बाट टेष्ट परीक्षा दिएको थिए । उतीर्ण पनि भएँ । पढाई पनि राम्रो थियो । तर गरिबी र घरायसी जिम्मेवारीले गर्दा मैले पुरा गरिन सकिन । ज्ञान र शिक्षा लिन उमेर होइन इच्छा शक्ति चाहिने भएकाले म फेरी पढ्दैछु । वि.सं. २०२७ साल ताप्लेजुङमा जन्मिएर म सानै छँदा नै भरौलमा परिवारसँगै आए । त्यसपछि २०३४ सालदेखि भने धरान १६ कै जोरसखुवामा बसोबास गरेको हुँ । खेती किसान गरेर चलेको घर व्यवहार किसानको छोरा । प्रारम्भिक शिक्षा कालाबञ्जरबाटै भयो । कक्षा ४ देखि पब्लिक स्कुल धरानमा पढे । तर पढ्नको लागि नै मैले त्यो बेलाको हेड मास्टरको घरमा गाईलाई घाँस काट्नु पर्दथ्यो । त्यो वापत मलाई कपी डटपेन र ट्यसन पढ्न पाँउथे । यसरी जीवन संघर्षमै बित्यो मेरो । अहिले पनि जीवन संघर्षमा नै बितेको छ । बिहानदेखि बेलुकासम्म खट्छु । दुःख के हो भन्ने कुरा बुझेको छु, वडाध्यक्ष भएको हैसियतले सेवाग्राहीलाई समस्या बनाएको छैन । अहिले निःस्वार्थ रुपमा जनताको सेवामा छु । अझै सेवा गर्दै जानेछु ।

तानाशाहीको बिरुद्ध लाग्दा ७ दिन थुनामा
२०४६ सालपछि चुनावमा भोट हाल्ने मात्रै काम गरे । २०५७ सालदेखि एमालेको संगठित सदस्य भएँ । २०४६ सालको आन्दोलनदेखि राजनीतिमा चासो बढ्यो । बहुदलीय व्यवस्थाको आन्दोलनमा प्रचार छर्नु पर्ने थियो । पञ्चायती विरुद्धको आन्दोलन थियो । त्यो बेला छाताचौकबाट राके जुलुस लिएर कुद्दा प्रहरीले पक्राउ ग¥यो । साथी कमल खड्का सहित पक्राउ ग¥यो । धरानको ठानामा नै राख्यो ७ दिनसम्म । प्रहरी याताना दियो, कुटपीट ग¥यो, बोल्न नसक्ने भएका थियौ । बहुदलीय व्यवस्था घोषणा भयो । ११ बजे राती । त्यही दिन बिहान ८ वजे छाड्यो । त्यहीँ दिन विजय जुलुस निकाल्यौ । जुलुस मनाउँदा भीँडमा किचिएर एक बालक म¥यो । बच्चालाई क्षतिपूर्ती पनि पाएको थाहा छैन । सहीद घोषणा गर्नुपर्ने थियो । राजनीति गर्दा के होला भन्ने थाहा थिएन । ज्ञान नभएको तर प्रहरी प्रशासनको अन्याय अत्याचारको कारणले बिस्तारै राजनीतिर अघि बढेको हुँ । तानाशाही शासनको विरुद्ध निरन्तर लागि नै रहे ।

जनप्रतिनिधी भएपछि वडाको विकास
विकासको कुरामा पूर्वाधारमा पहिलो वर्ष नै २४ वटा योजना बनाएर काम गरे । सम्पन्न गरिसकेका छौ । पूर्वाधार विकासको कामहरु तीव्र छन् । स्व. मेयर तारा सुब्बा स्मृति चिल्ड्रेन पार्कको निर्माण कार्य भैरहेको छ । घेराबारा सकेर उद्घाटन साउन १ गते गर्नेछौ । सडक जनपथको बाटो ५० फुटको हुँदैछ । ड्रेन बनिसकेको छ । ठेक्का लागेको छ । काम अब हुन्छ । भित्री सडकहरु सबै तिर ७ किलोमीटरको सडक बनिसेकेको छ । अब २ वर्ष भित्रमा कच्ची सडक भेट्न मुस्किल हुन्छ । यसपाली वडाको बजेट कुल बजेट ३८ लाख ३१ हजार ३ सय ५० मात्रै छ । तर वडाको विकासका लागि नगरको बजेटबाट ७ करोडसम्मको विकासको काम भएको छ । खहेर करिडोर बनाउँदैछौ । १६ नम्बरदेखि उपमहानगरको पश्चिम पट्टिको सिमानाबाट उत्तरतर्फ जाने सडक बनाउँदैछौ । अहिले विद्युत मार्गसम्म पुगेका छौ । १४ फ्ुटको करिडोर बनाउँदैछौ । प्रदेश सरकार भीम आचार्यको संसद विकास कोषबाट १५ लाख बजेटबाट काम सुरु गरेका छौ । सांसद जयकुमार राईको संसद विकास कोषको पनि छ । त्यसै अन्तर्गत चन्द्र सँस्कृत स्कुलको पूर्वपट्टिको खहरेमा सडक कै निम्ती काम हुँदैछ । रेडक्रसकोे शाखा भवन बनाउँदैछौ । जग्गा उपलब्ध गराएका छौ । एक कठ्ठा जग्गा सार्वजनिक थियो । हाललाई बजेट कम भएकाले थोरै छ । विस्तारी थपेर भवन बनाउँछौ । त्यसैगरी शहरी स्वास्थ्य क्लिनिकलाई पनि जग्गा छ्ुट्याएका छौ । काम सुरु हुँदैछ । बाल मैत्री घोषणाको तयारीमा छौ । सिंहदरबार आको छ । तर बजेट कम भयो । अधिकार त दिएको छ । २०६८ सालको जनगणनाको आधारमा बजेट दिदाँ समस्या भयो । जनसख्या १४ हजार ९८० तर बजेको सिलिङ आउँछ ११ हजार ९९९ जनसख्याको आधारले । बजेट केन्द्रित भयो । सबै वडामा काम गर्नु पर्नेछ । वडा विकासको काम गर्नु पर्नेछ । बजेट छुट्टयाँदा किन कन्जुस्याई छ ।

२ जना कर्मचारीलाई आफ्नै तलब दिन्छु
कर्मचारी समस्या छ । वडामा चाहिने भनको ७ जना कर्मचारी हो । एक जना मात्रै कर्मचारी छ । मेरा तलवबाट १० हजार तलब दिएर कम्प्युटर वालालाई, अर्को एक जना कार्यालय सहयोगी ५ हजार दिएर राखेको छ । मेरो तलब १६ हजार आउँछ । एक हजार पैसाले पत्रिका पढ्न पुग्दैन । धरान उपमहानगरपालिकाका प्राविधिकको कमजोरी छ । ठेकेदारलाई गर्ने योजना र उपभोत्ताले गरेको योजनामा फरक छ । ठेकदार मार्फत् योजना जाँदा प्राविधिकलाई कमिसनको खेल हुन सक्छ । एक करोडको योजना उस्तै हो तर त्यही योजना उपभोताले गर्दा ६० देखि ८० लाख भन्दा माथि जाँदैन । यसको आवाज उठाउँदैछौ । हामीले पनि भर्खरै चाल पाएका छौ । टेण्डरबाट जाँदा ठेकेदारलाई दिनैपर्छ भने स्पष्ट हुनुपर्छ । कर्मचारी र जनप्रतिनिधी बीच तालमेल छैन । धरानको विकासमा समस्या आउनुमा कर्मचारीकै कारण हो । सुधार गर्नु पर्छ । हामी आवाज उठाउँछौ । अब सुधार गरेर अघि बढ्ने छौ । खानेपानीको समस्या तुरुन्त चाँडो हुनुपर्छ । जनताले अब आउने दिनमा त्यस्ता समस्या आयो भने हामी जनप्रतिनिधीले हौ भनेर भन्ने अवस्था छैन । जोरसखुवा खानेपानी आफ्नै छ । अब चिण्डेडाँडाबाट परियोजनाबाट हामी पानी ल्याउँछौ । १६ नम्बर जनताको आधा भाग पूरा गर्नेछौ । एडिबीको पाइप भर्खरै गाड्दैछ । हाल पकुवाखोला विष्णुपादुका मन्दिरको पकुवाखोलाको शुद्ध पानी खाँदैछौ र खारखोलाको पानी २०५७ सालदेखि खादैछौ । संस्थापक अध्यक्ष भएर काम गरे । ९ सय घरधुरीलाई पानी खुवाएका छौ ।

वडाबासीको चेतना अभिवृद्धि
चल्ला सडक भएपनि मानिसको चेतना वृद्धि गर्न तिर लाग्नेछु । पूर्वाधार विकास भन्दा पनि मानिसको चेतना विकास गर्नुपर्छ । त्यसका लागि टोली गठन गर्दैछौ । चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने । त्यही भएर पूर्वाधारको विकास करिब करिब सकेका छौ । अब स्वास्थ्य, शिक्षा, रोजगारीका काम गर्नेछौ । चेतनामूलक कार्यक्रम सञ्चलान गर्नेछु ।

समाजलाई सूचना दिनको लागि टोल कमिटि गठन गरेको छौ । सरसफाईदेखि वडाको समस्याको विषयमा सूचना दिन टोल कमिटि गठन गरेका छौ । समस्या समाधान टोल कमिटिले नै समाधान गर्छन् । १७ वटा कमिटि गठन भएको छ, लगभग ३४ वटा बनाउने योजनामा छौ । बनिसकेपछि जनताको समस्या प्रतिमुलक ढंगबाट सम्बोधन गर्नेछौ । बिजुलीको पोलमा रहेको बत्ती नम्बरीङ गर्दैछौ । पोलमा बत्ती विग्रको छ, सूचना पाउँछौ । मर्निङ वाक गर्दा बत्ती निभाउँदै हिड्ने गरेको छु ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्