रिक्सामा चढेर कार्यकर्ता फकाउँदै देउवा


 


काठमाडौँ । नेपाली कांग्रेसको जागरण अभियानको पहिलो चरणको कार्यक्रम देशभर संचालन भैरहेको छ। देशका ७७ वटै जिल्लामा संचालन भएका जागरण अभियानमा कांग्रेसका शीर्ष नेताहरूले सहभागी भएर जनतालाई जागरुक बनाई रहेका छन।

यसैबीच हिजो तराईका विभिन्न जिल्लामा कांग्रेस सभापति शेर बहादुर देउवा स्वयम पुगेर जागरण अभियानमा सहभागी बने।पार्टी सभापति देउवाले मध्य दिउसोको घामको प्रवाह नगरेर रिक्सामै चढेर तराईका जिल्लाहरुको जागरण अभियानमा सहभागी बनेका तस्वीर सार्वजनिक भएपछि हिजोको जागरण अभियानको चारै तिर चर्चा परिचर्चा भएको छ।

राष्ट्रपतिले आफू कतै निस्कदा पुरै बाटो बन्द गर्ने परम्पराले दिक्क भएका जनताले देउवाको यो शैलीको खुलेर प्रशंसा समेत गरेका छन ।सर्वसाधारणजस्तै रिक्सामै चढेर जनताको घरदैलोमा देउवा पुगेपछि अहिले उक्त तस्वीर सामाजिक सञ्जालमा पनि भाईरल बनिरहेको छ बेलाबखतमा आलोचनामा आईरहने देउवाको अहिले सामाजिक सञ्जाल लगायत विभिन्न मिडियाहरुले चौतर्फी प्रशंसा गरिरहेका छन् । (यस समाचारलाई हामिले अनलाइन मार्ज बाट लिएका हौ , यस्मा प्रयोग गरिएको तस्विर अनुराग साहले कैद गर्नुभएको हो । )

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्