गोलभेडाको भाउ दोब्बर, खासीको मासुको पनि मूल्य बढ्यो


 


काठमाडौं । वर्षे तरकारी लगाउने समयमा निरन्तर असिनापानी र भारी वर्षात हुँदा किसानले तरकारी लगाउन पाएनन् । अहिले तरकारीको मागभन्दा आपूर्ति करिब ३० प्रतिशत कम छ । आपूर्ति कम भएकाले मूल्य बढेको छ ।

यो वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यताया बजेट भाषणपछि महँगी बढ्ने गथ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगमी आर्थिक वर्ष २०७६–७७ बाट कर्मचारीको तलब र वृद्धाभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ ।

यसकारण बजेपछि मृल्यवृद्धि हुने निश्चित छ । तर यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् । समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

एक महिना गोलभेडाको मूल्य ५५ भएपनि हालको मूल्य १०५ पुगेको छ । यता बर्डफ्लुको संक्रमण फैलिएकाले कुखुराको मासुको माग घटेको छ । त्यसैले पनि खसीको मासु प्रतिकेजी २ सयले बढेको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्