नेकपाको मदजुर संगठनमा विभाजन, एकता नमान्ने पूर्वमाओवादी मजदुरको घोषणा


 


काठमाण्डौँ ।पूर्वमाओवादी निकट मजदु संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले हालै भएको एकता प्रक्रिया नमान्ने भएको छ ।
विधि, प्रक्रिया र पद्दतिविपरीत एकता गरिएको भन्दै गणेश रेग्मी नेतृत्वको महासंघले एकता नमान्ने चेतावनी दिएको हो ।

पूर्वएमाले र पूर्वमाओवादी निकट मदजुर संगठनबीच केही दिनअघि एकता भएको थियो । संयोजक पूर्वएमालेबाट जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ र सह–संयोजकमा पूर्वमाओवादीको ट्रेड युनियनका महासचिव जगत सिंखडा तोकिएका थिए ।

तर, विधिमा एकातिरका अध्यक्ष संयोजक हुँदा अर्कोतिरका अध्यक्ष सह–संयोजक हुने तय भए पनि त्यसलाई तोड्ने काम भएकाले स्वीकार नगर्ने रेग्मी समूहको भनाइ छ ।

रेग्मी नेतृत्वको असन्तुष्ट समूहले नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकता प्रक्रियामा कमजोरी भएकाले नमान्ने भन्दै ज्ञापनपत्र बुझाएको छ । रेग्मीले पार्टीले तय गरेको एकतासम्बन्धी नीति र विधिविपरीत तथा मजदुरहरुको अहितमा रहेकाले स्वीकार गर्न नसकिने बताए ।

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्