आफैँ मन्त्रीबाट हट्न ओली – प्रचण्ड कहाँ धाउँदै यादव


 


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका एक जना शक्तिशाली मन्त्री यतिवेला स्वईच्छाले पदबाट हट्ने भन्दै अध्यक्षकहाँ धाईरहेका छन् ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादव पछिल्लो समय जिम्मेवारीमा धेरै बस्ने ईच्छा नभएको भन्दै पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हट्नुहोस भनेको एक सेकेण्डमै राजीनामा दिने मनशायमा पुगेका छन् ।

बजार महँगी अनियन्त्रित तवरले अघि बढेको र आफूले चाहाँदा चाहँदैपनि नियन्त्रण गर्न नसकेकोमा उनी रुष्ट छन् । उखु किसानहरुपनि ठूलो मारमा परेको उनको बुझाई छ । किसानको हकहितको लागि लड्दै आएका मन्त्री यादवले पनि किसानहरुलाई समयमे भुक्तानी दिलाउन नसकेको र समयमै उखु मिल चलाउन नसकेको आरोप खेप्दै आएका छन् ।

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्