पेट्रोलको मूल्य घट्यो, हेर्नुहोस् नयाँ मुल्य



काठमाडौं,जेठ २२
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ ।
‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका दरले समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य रु ११० प्रतिलिटर कायम भएको छ ।

भारतीय आयल कर्पोरेशनबाट यही जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थ मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

डिजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News