आज शनिवारको मौसम


 


काठमाण्डौँ, जेठ २५

देशका अधिंकाश क्षेत्रको मौसम आज आंशिकदेखी सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्व र मध्य क्षेत्रको मौसम सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।

यस्तै पश्चिमी पहाडी क्षेत्रको मौसम पनि सामानय बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ । पूर्व तथा मध्य भूभागका केही र पश्चिमका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाई छ ।

यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । मनसुन पूर्वको स्थानीय मौसमी गतिविधि सक्रिय रहेकाले बेलुका वा रातिको समयमा देशको पश्चिम तथा मध्य क्षेत्रमा चट्याङ पर्ने, असिना पानीसहित हावाहुरीको सम्भावना हुने भएकाले सचेत रहन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्