उर्लाबारी ५ मा ९ दिने योग शिविर सम्पन्न


 


उर्लाबारी, जेठ २५

मोरङको उर्लाबारी–५ मा ९ दिने योग शिबिर आज सम्पन्न भएको छ । उर्लाबारी नगरपालिका वडा नं. ५ को आयोजना तथा पतञ्जली योग नगर समिति उर्लाबारीको ब्यवस्थापनमा उक्त शिबिर भएको हो ।

शिबिरमा १ सय जनाको सहभागी रहेको थियो । शिबिरमा लक्ष्मी काफ्ले, धु्रब पाख्रिन, सुधा पौडेल, कुमारी तामाङ, शिल्पा प्याकुरेल र रुद्र ओलीले सहजीकरण गरेको योग अभियान्ता रुद्र तामाङले जानकारी दिए । स्वास्थ्य, सभ्य र समृद्ध उर्लाबारी बनाउने अभियान अन्तरगत उर्लाबारीमा योग शिबिर सञ्चालन गरिरहेको उनले बताए ।

योग शिबिर समापन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रवक्ता एंब वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले उर्लाबारीलाई योगमय नगर बनाउनु पर्नेमा जोड दिए । ‘स्वास्थ्यको हिसाबले योग अत्यन्त महत्वपूर्ण छ’ उनले भने–‘नगरभरी योग शिबिर विस्तार गर्न आवश्यक छ ।’

योग अभियन्ता मणिलाल श्रेष्ठको सभापतित्व भएको उक्त कार्यक्रममा उर्लाबारी नगर अध्यक्ष केदार रिजाल, अभियान्ता जयधर्म आचार्य, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, उर्लाबारी वडा नं. ५ की सदस्य देवीकला राईलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २५ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्