ओली सरकार आएपछि पासाङ ल्हामुलाई उच्च न्याय, पासाङकी छोरीलाई राजदुत पद


 


काठमाडौ । राष्ट्रिय बिभुति स्व. पासङ ल्हामु शेर्पालाई बल्ल आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेतृत्वको सरकारले उच्च न्याय गरेको छ । उनकी सुपुत्री दवा फुटी शेर्पालाई नेपाल सरकारको स्पेन को लागि महामहिम राजदुत जस्तो गरीमय पदमा मनोनयन गरेर उच्च सम्मान गरेको हो । उनी पासङ ल्हामुकी छोरी भएर मात्र हैन योग्यता र क्षमता भएकी नेपाली छोरी हुन् ।

नेपालको पहिलो सगरमाथाको शिखर चुम्ने नेपाली महिलाको रुपमा स्वर्ण अक्षरले आफ्नो नाम मात्र लेखाईनन् । महिलालेपनि जेपनि गर्न सक्छन् । भन्ने उदाहरण बनिनन् । यसैले उनको सम्मान सारा महिलाहरुको सम्मान हो । उनलाई कार्यकालको सफलताको शुभकामना ।

पछिल्लो समय उनी आफ्नै जन्मभूमी आएर आमा पासाङ ल्हामुको पदचापमा हिँड्न थालेकी थिइन् । उनले पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको जिम्मापनि आफैले लिएकी छिन् । अमेरिकामा अध्ययन सकेर देश फर्किएकी दावा फुटीले आमा पासाङ ल्हामु शेर्पाको सपनालाई पुरा गर्ने लक्ष्यको साथ प्रतिष्ठानको जिम्मेवारी लिएकी हुन् ।

प्रतिष्ठानको साधारणसभाबाट उनी अध्यक्षमा सर्बसम्मत चयन भएकी हुन् । साधारणसभाले प्रथम उपाध्यक्ष सिताराम सापकोटा, द्धितिय उपाध्यक्षमा नाम्गेल शेर्पा, महासचिवमा छेटु शेर्पा सहित ११ सदस्सीय समिति चयन गरेको थियो । पासाङ ल्हामुले वि.स. ०५० वैशाख १० गते दक्षिणी मोहडाबाट सगरमाथाको सफल आरोहण गरिन् । तर सगरमाथाको सफल आरोहण गरेर फर्कने क्रममा हिम आँधीमा परेर उनको निधन भयो

निधनपछि उनकै सम्मान र सम्झनामा स्थापित संस्था पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको नेतृत्व लामो समयपछि छोरीले लिएकी हुन् । यसअघि प्रतिष्ठानको अध्यक्ष पूर्वमन्त्री कृपाशुर शेर्पा थिए । पासाङ ल्हामुको ३२ बर्षको उमेरमा २०५० बैसाख १० गते सगरमाथाबाट फर्कने क्रममा साउथकोलमा आरोही पासाङ ल्हामुको हिमपहिरोमा परी मृत्यू भएको थियो । पासाङ ल्हामुको साहसको सम्मान गर्दै नेपाल सरकारले २०५९ साल वैशाख १० गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । उनलाई सरकारले नेपाल तारा अलंकारले सम्मानित (मृत्युपर्यन्त) समेत गरेको छ ।

यसका साथै उनको पूर्ण कदको शालिक स्थापना गरिएको छ भने उनको तस्बिरसहितको हुलाक टिकटसमेत प्रकाशित भएको छ । पूर्वी नेपालको नाम्चे गाउँ विकास समितिअन्तर्गतको ७ हजार ३ सय ५१ मिटर अग्लो ‘जासम्बा’ नामको चुचुरोलाई पासाङ ल्हामु चुली नामकरण गरिएको छ । पासाङ ल्हामुको जीवन साथी लाक्पा सोनाम, छोरा नाम्गेल र छोरीद्धय दावा फुटी र दिकी शेर्पा यही क्षेत्रमा क्रियाशिल छन् । नेपालको पर्यटन व्यबसायमा पासाङ ल्हामुको परिवारको गहिरो प्रभाव र योगदान दिएको छ ।

आमाले देखाएको बाटो र उज्यालो पछ्याउदै काम गर्ने उनले बताइन् । पर्वतारोहण क्षेत्रको सुधार र पर्वतारोहण क्षेत्रमा काम गर्ने महिलाहरुको लागि काम गर्ने दावा फुटीको योजना छ । पर्वतारोहण क्षेत्रको सुधार, पर्वतारोहण क्षेत्रमा आबद्ध महिलाहरुको सशत्तिकरणसँगै अभाव र गरिबिले पछि परेकाहरुको हितमा काम गर्ने उनले बताइन् । उनले भनिन्,‘आमाले हिड्नु भएको बाटो र उज्यालो हाम्रो लागि प्रेरणदायी छन्, त्यही सपना पुरा गर्ने हामी नयाँ योजनाका साथ काम गर्नेछौं ।’ पासाङ ल्हामुलाई सहास र प्रेरणाको स्रोतको रुपमा आज पनि उत्तिकै सम्मान गरिन्छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्