सुनचाँदीको मूल्य एक वर्ष यताकै उच्च


 


काठमाडौँ, जेठ ३१

शुक्रबार नेपाली बजारमा सुनचाँदीको कारोबार एक वर्ष यताकै उच्च मूल्यमा भएको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उच्च वृद्धि भएकाले नेपालमा पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको व्यवसायीहरुको भनाई छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले फाइन गुणस्तरको सुन प्रति तोला ६३ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । त्यस्तै तेजावी सुन पनि ६२ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भइराखेको छ ।

चाँदी पनि बिहीबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेर ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । खासगरी अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहदा लगानीकर्ताले सुनचँदीको खरिद चाप बढाएको छन् । जसले गर्दा अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । शुक्रबार प्रतिऔन्स सुनको कारोबार १ हजार ३ सय ५६ डलरमा भइराखेको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्