इनरुवामा नेकपा प्रबेश गर्नेको घुँईचो, वडा नं. २ का वडा सदस्य प्रवेश


 


इनरुवा । इनरुवा नगरसभाको बिषयमा विवाद बढ्दै गएको अवश्थामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पार्टी परित्याग गर्ने तयारी गरेका छन ।

नेपाली कांग्रेसका इनरुवा नगर सभापतिसमेत रहेका इनरुवा नगरपालिकाका मेयर राजन मेहतासँग असन्तुष्ट रहेका जनप्रतिनिधिहरु मध्ये ६ जना वडासदस्य र एक जना वडाअध्यक्षले नेकपामा प्रवेश गर्ने तयारी गरेका छन ।

सात जना वडासदस्यहरु मध्ये एक जनाले कांग्रेस परित्याग गरेको घोषणा गरेका छन । परित्याग गर्ने मध्येका एक जना वडाअध्यक्ष पदमा निर्वाचित रहेका कारण पार्टी परित्याग गरेपछि पद रहने नरहने भन्ने कानूनी अन्यौलका कारण आयोजना गरिएको प्रवेश कार्यक्रम केही दिनका लागि स्थगित गरिएको स्रोतले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश एकका सदस्य पोष्टकुमार नेपालले प्रवेशको तयारीमा रहेका सवै जनासँग दुई तीन चरणको वार्ता पछि सहमति भएकाले अन्तिम चरणको वार्ता र पार्टी प्रवेशका लागि औपचारिक कार्यक्रम गर्ने मिति समय तय गर्न बाँकी रहेको जानकारी दिए ।

शुक्रवार नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश एकका प्रमुख भिम आर्चायको मधेशा स्थित निवासमा सवैजना प्रवेश गर्ने तयारी गरिए पनि अन्तिम समयमा प्राविधिक पक्षलाई समेटन बाँकी रहेकाले औपचारिक कार्यक्रमको समयपछि सारिएको नेपालले जानकारी दिए ।
शुक्रवार इनरुवा २ नं वडाका नेपाली कांग्रेसका बुथ सभापति तथा निर्वाचित वडा सदस्य लक्ष्मी मेहता भने सो पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए ।

मेहताले इनरुवाको विकासका लागि नेकपाको विकल्प नभएको बताउँदै कांग्रेसले पुराना नेता कार्यकर्ताहरुको योगदानको कदर गर्न र जनताको भावनाअनुसार काम गर्न नसकेको महसुस भएकाले नेकपामा प्रवेश गरेको बताए ।

प्रकाशित मिति: २१ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्