५८ सालपछि परीक्षा दिन छुटेकालाई आयो खुशीको खबर, कुन कुन विषयमा मौका परीक्षा खुल्यो हेर्नुहोस् ?


 


काठमाडौँ । के तपाईंले ५८ सालपछि पढाइ छोड्नुभएको छ र? विभिन्न कारणले पढाइ छोड्नु परेर के तपाईं चिन्तामा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि विशेष कारणले परीक्षा छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ ।

स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि परीक्षा दिन पाउने मौका परीक्षाको सूचना त्रिविले निकालेको हो । थेसिस पेपर, व्यावहारिक परीक्षा र शिक्षण अभ्यास दिन बाँकी रहेका सबैलाई यो मौका दिइनेछ ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्