इटहरीमा आत्मरक्षा तालिम


 


इटहरी । नेपालमा बढदो महिला हिंसा न्युनिकरण तथा किशोरीहरूलाइ आत्मरक्षाका लागि सुनसरीको इटहरीमा सातदिने आत्मरक्षा तालिम सञ्चालन भइरहेको छ । गत बिहीबार देखि के आई एफ कुरोदय मार्शल आर्टस संघ सुनसरी शाखाको आयोजनामा इटहरीस्थित रंगशालाको कराते सभाहलमा सो तालिम सञ्चालन भएको हो ।

उक्त तालिममा इटहरी ,तरहरा , धरान ,दुहबी , झुम्का ,इनरूवा लगायत सुनसरिको बिभिन्न स्थानहरूबाट करीब ७० भन्दा बढि किशोरी एवम महिलाहरूको सहभागिता रहेको छ ।महिलाहरूलाइ आत्मरक्षा सम्बन्धि एक सातामा ३३ वटा बिभिन्न सिपमुलक र ज्ञानमुलक प्राविधक शिक्षा प्रदान गरिने तालिमका प्रशिक्षक असोक सुब्बाले बताउनुभयो ।

त्यस्तै महिलाहरूमा थप आत्मबिश्वास बढाउन र हिंसालाई न्युनिकरण गर्ने उदेश्यका साथ यो तालिम प्रदान गरिएको कुरोदय मार्शल आर्टस संघ सुनसरीकि संयोजक मनिषा रसाइलीले बताउनुभयो ।

तालिममा किसोरी एवम महिला दिदी बहिनी सबैले केही फरक ज्ञान सिक्न सक्ने र दैनिकि जिवनमा उपयोगी प्रविधिक ज्ञानले जीवन सहज बनाउन मदत पुग्ने संघका सचिव कृष्ण थापाले बताउनुभयो ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्