काँग्रेस सभापति देउवाको घरमा सप्ताह पुराण


 


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा सप्ताह पुराण लगाइएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा लगाइएको सप्ताहको आज चौथो दिन हो ।

बिहानदेखि दिनभर भजन कीर्तिन गर्दै सप्ताह लगाइएको छ । तर, सप्ताहमा देउवा अधिकांश समय बस्न भ्याएका छैनन् । पार्टीकै कामले उनी व्यस्त रहँदा सप्ताहमा पूरा समय दिन भ्याएका छैनन् ।

आइतबार पनि बिहानैदेखि घरमा सप्ताहको पूजापाठदेखि भजनकीर्तन भइरह्यो । तर सभापति देउवालाई भने आइतबार बोलाइएको केन्द्रीय समिति बैठकको चटारो थियो ।

आइतबार दिनभर घरमा पूजापाठ चलिरहेकै थियो तर देउवा सो पूजामा सहभागी समेत हुन पाएनन् । सामान्यतः घरको मुख्य व्यक्ति यस्तो पूजामा रहनुपर्ने धार्मिक मान्यता छ ।

प्रकाशित मिति: २३ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्